img 1469 (1)

नेपालको राजनीतिक विकासक्रममा विश्वेश्वरप्रसाद कोइरालाको ‘समावेशीता’ विचार

बखतबहादुर शाही
राजनीतिकशास्त्र केन्द्रीय विभाग
त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, काठमाडौं नेपाल
दर्शनाचार्य शोधप्रबन्ध

शोधसार
यस अध्ययनले नेपालको राजनीतिमा विश्वेश्वरप्रसाद कोइराला (बी.पी. कोइराला) द्वारा प्रतिपादित प्रजातान्त्रिक समाजवाद र समावेशी लोकतान्त्रिक दृष्टिकोणको सैद्धान्तिक तथा व्यावहारिक महत्वको विश्लेषण गरेको छ । अध्ययनको मुख्य उद्देश्य भनेको बी.पी.कोइरालाको राजनीतिक दर्शन, सामाजिक–आर्थिक समानताप्रतिको प्रतिवद्धता र सीमान्तकृत वर्गको राजनीतिमा सहभागितासम्बन्धी अवधारणालाई कसरी बुझ्न सकिन्छ भनेर विश्लेषण गर्नु हो, मैले यो शोधकार्यमा ऐतिहासिक–विश्लेषणात्मक विधि प्रयोग गरी युरोपेली प्रजातान्त्रिक परम्परा, मार्क्सवाद, गान्धीवादी अहिंसा तथा दक्षिण एसियाली राजनीतिक अनुभवसँग बी.पी.को विचारको तुलनात्मक अध्ययन गरेको छु । मेरो अध्ययनले बी.पी.कोइरालाको समावेशीताको अवधारणा केवल राजनीतिक प्रतिनिधित्वमा मात्र सीमित नभई आर्थिक न्याय, सामाजिक समानता, औद्योगिकरण, भूमिसुधार र नागरिक अधिकारसँग घनिष्ठ रूपमा सम्बन्धित छ भनेर देखाएको छ । हालैका वर्षहरूमा समावेशी लोकतन्त्रतर्फ नेपालको प्रगतिमा सन्तोषजनक छैन । नेतृत्वमा बसेकाको इच्छाशक्तिको अवस्था सन्तोषजनक छैन् । कमी, राजनीतिक अप्रत्याशितता र समावेशीकरणको स्पष्ट खाका नहुनु नै कार्यान्वयनमा संस्थागतका कठिनाइहरू हुन् । यो शोधकार्यमा नेपालमा समावेशी र अधिकारमुखी नीति निर्माणका के कस्ता कठिनाइलाई छन् भनेर समीक्षा गरिएको छ । व्यावहारिक कार्यान्वयनमा संरचनात्मक असमानता, वर्गीय शक्तिको असन्तुलन र राजनैतिक अस्थिरताका कारण अपेक्षित परिणाम हासिल गर्न कठिनाइ भएको देखिन्छ । बी.पी.को लोकतान्त्रिक समाजवादले नेपालको संवैधानिक विकास, समावेशी शासन र समकालीन राजनीतिक बहसलाई दीर्घकालीन रूपमा प्रभाव पारेको भन्ने मेरो निष्कर्ष हो ।

विषयवस्तु

अध्याय – एक शोधपरिचय
१.१ पृष्ठभूमि
१.२ समस्याको कथन
१.३ अनुसन्धानका प्रश्नहरू
१.४ अनुसन्धानको उद्देश्यहरू
१.५ अध्ययनको महत्व
१.६ अध्ययनको सीमा

१.७ अध्ययनको सङ्गठ

अध्याय दुई : पूर्व साहित्य समीक्षा
२.१ बी.पी.को समावेशीताको अवधारणा
२.२ बी.पी.को समावेशीताको सैद्धान्तिक समीक्षा
२.३ व्यवहारजन्य अध्ययन
२.३.१ अन्तराष्ट्रिय समावेशीता अध्ययन
२.३.२ बी.पी.को प्रजातान्त्रिक समाजवाद र समावेशीता सैद्धान्तिक दृष्टिकोण
२.४ नीतिगत समीक्षा
२.५ अनुसन्धानको रिक्तता
२.६ समावेशीताको अध्ययनका अवधारणागत/सैद्धान्तिक ढाँचा द्धण्

अध्याय तीन : अनुसन्धान विधि
३.१ अनुसन्धान दर्शन
३.२ अनुसन्धान ढाँचा
३.३ तथ्याङ्क सङ्कलन विधि
३.३.१ द्वितीय स्रोतको तथ्याङ्क सङ्कलन विधि
३.४. तथ्याङ्क विश्लेषण विधि तथा प्रस्तुतीकरण
३.५. तथ्याङ्क विश्लेषण विधि र व्याख्या
३.६. नैतिक र मूल्यगतमान्यताहरू

अध्याय चार : बी.पी. समावेशीता विचारको उद्भवकोे आधारहरू
४.१ बी.पी.को समावेशीता विचारको अर्थ र परिभाषा
४.२ बी.पी.को समावेशीता विचारको सैद्धान्तिक आधार
४.२.१ राजनीतिक समावेशीता
४.२.२ आर्थिक समावेशीता
४.२.३ सामाजिक/सांस्कृतिक समावेशीता
४.२.४ राष्ट्रिय मेलमिलाप
४.३ अन्तर्राष्ट्रिय राजनीतिमा समावेशीता विचारको उद्भव
४.४ युरोपमा राजनीतिकमा समावेशीता को विचारको उद्भव
४.५ भारतमा राजनीतिकमा समावेशीताको विचारको उद्भव
४.६ नेपालमा समावेशीता विचारको उद्भव

अध्यायन पाँच : नेपाली राजनीतिमा बी.पी.को समावेशीता विचारको ऐतिहासिक विकासक्रम
५.१ ऐतिहासिक परिदृश्य/पृष्ठभूमि
५.२ बी.पी.को प्रजातान्त्रिक समाजवाद परिभाषा
५.३ बी.पी.को प्रजातन्त्रिक समाजबाद बाटोमा नेपाली काँग्रेस

अध्याय छ : बी.पी.को समावेशीता विचारको राजनीतिक प्रभाव
६.१ पृष्ठभूमि
६.२ राणा शासनदेखि २००७ सालसम्मको राजनीतिक परिवर्तन
६.३ २००७ देखि २०१७ सालसम्मको घटनाक्रमसालको राजनीतिक परिवर्तन
६.४ वि.सं. २०१७ देखि २०४६ सालसम्मको घटनाक्रमसालको राजनीतिक परिवर्तन
६.५ दोस्रो जनआन्दोलन २०६२/६३ सालको राजनीतिक परिवर्तनमा
६.६ नेपालको संविधानमा प्रजातान्त्रिक समाजवाद विचारको प्रभाव
६.७ समसामयिक राजनीतिमा समाजवादी र समावेशी विचारको प्रभाव

अध्याय सात : सारांश, निष्कर्ष तथा सुझाव
७.१ सारांश
७.२ निष्कर्ष
७.३ सुझाव
सन्दर्भ सूची

Leave a Comment

Your email address will not be published. Required fields are marked *