सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ


 सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार आयोजित पत्रकार सम्मेलनमा नयाँ नक्शा सार्वजनिक गरेकी हुन् ।

नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ । नेपालले नयाँ राजनितिक नक्सा पारित गरेसँगै नेपालको क्षेत्रफल पनि बढ्ने भएको छ। अहिलेसम्म नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ। अबको नक्सामा ३ सय ३५ वर्ग किलोमिटर बढ्ने बताइएको छ।

गत जेठ २ गते सरकारले पेश गरेको नीति तथा कार्यक्रममा पनि सरकारले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत भू(भाग समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा  गरेको थियो।

यसअघि भारतले नेपालको लिपुलेक जोडेर चीनको मानसरोवर जाने सडक बनाएको भन्दै तीव्र आलोचना हुँदै आएको थियो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top