बीपी कोईराला भन्ने गर्थे, “हाम्रो देशमा १००मा ९०जना जति मानिस गरिब छन । कुटोकोदालो गरेर गाउँमा बस्छन् , जसलाई खान लाउन पुग्दैन । जब म नेपालको कल्पना गर्छु , त्यती बेला ती गरिब दाजुभाईहरुको तस्बिर मेरो अगाडि आउँछ । मैला लुगा लगाएका , खान नपाएका अनुहार पो हाम्रो देश हो । त्यसो हुनाले खान नपाएको पेटमा अन्न जाओस , हाँस नपाएको ओठमा हाँसो आओस, रोगीले औषधिमूलो पाओस , केटाकेटी पढ्न पाऊन भनेर नै हामी राजनीतिमा लागेका हौ । मन्त्री हौला, ठूला आरमदायी कुर्सीमा बसौला भनेर राजनीतिमा लागे को होईन । ”