फेसबुके क्रान्ति
फेसबुके क्रान्ति

फेसबुके क्रान्ति

कथा
फेसबुके क्रान्ति
ऊ एकोहोरो भन्न थाल्यो – हामीहरुको जात यस्तै छ । दाइले विवाह गरे भाइले गर्न पाईदैन । गरिहाले छ भने उस्लाई घर निकाला गरिन्छ । स्वास्नी मान्छेले नै घरनिकाला गर्दछन् । स्वास्नीमान्छे नै घरको मूल हो । एक डाडुले खाना बाँड्छिन । घरलाई अखण्डित बनाउछिन्

बखतबहादुर शाही ,

बानी न हो । रहरै रहरमा केही गर्न खोजिन्छ, त्यही भाँसिन्छ । त्यतैतिर मोडिन्छ मन । अचम्म लाग्छ आफैंलाई देख्दा । समयले के के बनायो । के के देखाउँदै छ  । म सम्झिन्छु एक ताका फेसबुककी किरी भएकी थिएँ । फेसबुक नचलाए पछि खानै रुच्दैनथ्यो ।

दुई वर्ष अघिको कुरा हो । साथीहरुसँग गोदाबारीमा घुम्न जाँदा फेसबुकमा हाल्नुपर्छ भन्दै मिलाई मिलाई फोटो खिचेका थियौ । त्यही फोटो बेलुका अपलोड गरेकी थिएँ फेसबुकमा ।  मन मनै संख्या गन्ती गदै थिएँ अब कति लाइक र कमेन्ट आउँदा रहेछन् भनेर । त्यो त्यही समय थियो जसले जीवनको बाटै अर्कैतिर मोडिदियो ।

त्यतिबेलै पठाएको हो नर्बुले फ्राइन्ड रिकोइस्ट । पुरै प्रोफाईल हेरँे । मान्छे सजन्न जस्तै लाग्यो र एसेप्ट गरेँ । एकैछिनमा हलो भनेर आयो । म केही बोलिनँ । फेरी सोध्यो किन नबोलेको ?  क्षणभरमै  कुरा सुरु हुन थल्यो । सुन्दरताले मान्छे मात्र होइन भ्रमरा पनि लोभिन्छन् । यस्तै यस्तै कुरा उसले गरिरह्यो । मैले पनि घुमाउरो पाराले जवाफ दिइरहँे ।

मेरो मनमा खुल्दुली मच्चिएकै थियो, को हो ,के गर्दैछ , किन चिने जस्तै गरेर फोटोमा लाईक र कमेन्ड ग¥यो । किन अनौठो रुपमा किन यतिका कुराहरु गरेर मेरो मन हल्लाई दियो । यतिका धेरै फेसबुकका साथी थिए तर कसैले अहिलेसम्म यस्तो गफ गरेका थिएनन् । अरु सबैका उस्तै प्रश्न हुन्थे – घर कता हो ? कुन ठाउँमा बस्छौ ? के काम गर्छौ ? कतिमा पढ्छौ ? त्यो भन्दा अगाडी बढेपछि फोन नम्बर माग्थे । आवाज सुन्न मन छ भन्थे । भिडियो कल गर्न खोज्थे तर पनि मलाई केही लाग्दैनथ्यो । सामन्य ठान्थँे । आज क्षणभरको गफले मन छचल्किएको छ । मनको बाँधहरु एकाएक भत्किएको छ ।

एक छिन टोलाएँ । खाना पकाएर खाएँ । फेरि मोबाईल समातेँ । उसको प्रोफाईल खोलँे । फोटाहरु एक एक गदै हेर्न थालेँ ।  एउटा फोटो हेरिरहन मन लाग्यो । ह्याट लगाएको, ,खुल्ला हिमाली पटनमा फूलै फूलको विछ्यौनामाथी घोडामा चढेको । त्यही फूलले उसको अनुहारमा प्रकाश छरेको  । त्यसैले होला झन उस्को अनुहारमा चमक भरिदिएको  । मनमनै आफै भनँे – कति सुहाएको । कुन ठाउँ होला, यति राम्रो ? फोटाकोे तल कमेन्ट लेखँे –यति राम्रो सुन्दर पाटन मत्र्यलोकमा पनि रहेछ, मैले त स्वर्गको मात्र कल्पना गरेको थिएँ ।

उसले केही रिप्लाई गरेन ।

उठेँ, भान्सामा गएँ । घटघट पानी पिएँ । निद्रा किन लाग्थ्यो र ।  फेरि मोबाईल चलाउन थालेँ । ऊ अनलाईमा रहेछ । उसले लामो उत्तर लेखेर पठायो ।

के त्यहाँ पुग्ने मन छ र । हुन त घर कुरुवालाई के जान आँट आउला र ।

मैले तुरुन्तै प्रतिक्रिया पठाएँ– एक्लै कता बरालिदै जाउँ त ?

ऊ भन्दै थियो –मन भए अवसर अफै आउँछ ।

धुमाउने मान्छे भए पो घुम्नु – म अलि जिस्किएँ

मसँग जान मिल्ने भए लग्छु नि  केटो मान्छे न प¥यो . । मैले यति भनिदिदा उसको गोरेटो झन चौडा बन्दै गयो ।  हाँसै हाँसोमा मन साटिएको थाहा भएन । उसको र मेरो फेसबुकमा प्रेम झाँङ्गीदै थाल्यो । सानो कुरा पनि सोधेर काम गर्न थाल्याँै । ऊ मलाई जहिले पनि भन्ने गथ्र्यो– बाहुन ‘कठेनी ’ के गर्दैर्छेस् हो । म भन्थँे  –भोटे ‘जाड’ तिमीसँग कुरा गर्दैछु नि । यो क्रम चलिरहन्थ्यो ।

 एकदिन भेट्ने कुरा भयो । अघिल्लो रात म सुत्न सकिनँ । यता पल्टेँ उता पल्टेँ । मनमा नानाथरी कुराहरु खेलाएँ । यति लामो प्रतीक्षा पछि भेट हुन लागेको छ ।  भूइँमा खुट्टा थिएनन् । कता के गरुँ । कस्तो कपडा लगाएर जाउँ । पहिलो शब्द के भन्ने होला । फेसबुकमा भने झै एकै चोटी ‘जाड’ भनु भने बोर मान्ने पो हो कि । या हजुर भन्दा फेरि अर्कै अर्थ लगाउने हो कि ? यहि सोचमा नै उज्यालो भयो । मेरा अनिदो टलक्क टल्किन्थे । नुहाएँ । कपाल बाटँे । ऐनामा हेरेर एक छिन मस्किएँ । मोबाईल हेरँे । फेसबुक म्यासेजमा उस्को म्यासेज आइसकेको रहेछ । निस्कने बेला भएन ? म त हिँड्न लागेँ । म कता आउ रे । बौद्ध कि बसन्तपुर ?

मैले जिस्काउदै भने ,बाहुनीलाई भोटेनी बनाउन मन होला होइन ? त्यसो हो भने म बौद्धमा नै आउला ?

ऊ हाँसेको,  हहहह गरेर पठायो । म स्कुटी चढेर बौद्धतिर लागे ।ऊ बौद्ध गेटमा कुरेर बसेको रहेछ । टाढैबाट अनुमान लगाइहालेँ । नजिक पुग्दा त झन राम्रो लाग्यो फोटा भन्दा पनि । कस्तो जीउडाल मिलेको । खाईलाग्दो ।  म त एकछिन हेरेको हेरेइ भएछु । राती जसरी जे सोचेको थिएँ त्यसो भएन । पुरै छायाँमा परेछु उस्को । ऊ बोल्दा पुरै अनुहार उज्यालो हुने । सधंै खुसी नै देखिने अनुहार । उसैले मेरो हात समात्यो र भन्यो – हिँड् बौद्ध घुमौं । म केही बोलिन सरासर डोरिएँ । उस्ले मलाई धुम्ने तरिका सिकायो । धुमायो । म लाटी जस्तै चुपचाप थिएँ । ऊ बोलिरहेको थियो ।

बौद्धगुम्बाको परिक्रमा गरिसके पछि स्कुटी त्यही राख्न लगाएर आफ्नो गाडीमा चढायो । गाडी एकनाशले गुडिरह्यो म उसैलाई हेरिरहेँ । ऊ भने मेरो ध्यान भन्दा पनि गाडिको स्टेरिङ्गमा ध्यान दिइरहेको थियो । गाडी निकै पर पुगिसकेपछि उसका ओठ खुले – तिमीलाई बोर लाग्या छ ? गीत बजाउँ ? म केही बोलिन मौनम् स्वीकृति लक्षणम् भन्ठाने होला र त, पुनः सोध्यो तिमीलाई कस्तो गीत मन पर्छ ? डेउडा मन पर्छ कि नाई ? मैले उत्सुकता प्रकट गरेँ –डेउडा छ र ? ऊ मुसुक्क मुस्कुरायो । गीत बज्न सुरु भयो ।  गीतको बोल थियो ।

 स्पाते खुकुरी मेरो , हात काटे बिसाउने ।

 दैका कोल बस्न्या थियाँ, कोही छ क्या रिसाउने ।।

म चुपचाप सुनिरहेँ । गीतको मर्मले मलाई झन अतास बनाइरहेको थियो । फेसबुकको गफमा लठ्ठिएको भन्दा पनि बढी । ऊ भने गाडीको ऐनामा मेरो अनुहार पढिरहेको थियो ।

 अलि पर पुगे पछि रिसोर्टमा गाडी रोकियो । कति राम्रो हरियाली । बाटोभरि फूलहरु  मिलाएर सजाइएका जस्ता । पानी र बत्तीले इन्दे्रणी पारेर फोहरा फुरेको  । एकोहोरो हेरिरहँु जस्तो । अलि हिँडे पछि ओईटर पछि पछि आएर भन्न थाल्यो– सर कता बस्नु हुन्छ ?

अगाडीको सुन्दर ठाउँ देखायो । अलि माथि पुगे पछि सानासाना ढुङगाले छाएको सानो चिटिक्क परेको बस्ने ठाउँ देखियो ।  वरिपरि फूलका लहरा बीचमा दुईटा कुर्ची र एक टेबुल । छेवैमा हेर्दै लोभलाग्ने रङ्गीचङगी गुलाफका फूलहरु  । हामी त्यही गएर बस्यौं  खाजाको अडर ग¥यौं  ।  ओईटर गयो । ऊ मसँग आँखा जुदाउँदै भन्न थाल्यो मुड अफ भएको दिन म यतै आएर दिन विताउछु ।

मैले गुलाफको फूल समाते, ओल्टाई पल्टाइ गरेर हेरेँ । पहिले त नक्कली हो कि ठानेको थिएँ । होइन रहेछ । उसले अलि गम्भीर भएर मलाई हे¥यो , गुलाफ टिप्यो र मलाई दियो । म लाजले भुतुक्कै भएँ । उस्को अनुहार नहेरी गुलाफ समातँे । उस्ले मेरो हाँतमा चुम्यो । गला मिलायो । आप्mनो कुर्चीमा गएर बस्यो ।

अब अलि झन नजिक भएका थियौं । मैले भनँे – तिमी कताको म कताको  फेसबुकले मिलाई दियो जोडी । म त एडीक जस्तै भएकी छु । तिमीसँग गफ गर्न नपाउदा के के गरिन जस्तो, छटपटाहाट भइरहन्छ । मनमा विभिन्न कुराहरु खेलाइरहन्छु । यो यात्रा कहिले सम्म चल्ने हो । म थाकिसकेँ । म धेरै गफ गरेर समय बरबाद गर्ने पक्षमा छैन ।

ऊ आत्तिए जस्तो थियो । बोली लरबराउन थाल्यो । उस्को बोलीमा स्पष्टता आएको थिएन । साहस बटुलेर बाल्यो – अपनाउन त तयार छु तर तयार भएर मात्रै पुग्दैन कि ? त्यो तिम्रो निर्णय हो – कुरै नबुझी हतारिदै मेरा ओठबाट शब्द निस्किएँ ।

 तिमीसँग विवाह गर्ने रहर नभएको हैन तर जात र संस्कारले तगारो हालेको छ । खै के गरुँ ? के भनूँ । यति भनेर ऊ एकोहोरो टोलायो । मैले भने,– जातले फरक पर्छ र । मान्छे समय अनुसार परिर्वतन हुन्छ । समयले के माग्छ  त्यहि गर्नुपर्छ ।

 हो जात भन्दा नि संस्कारले लखेटिरहेको छ मलाई । म भागिरहेको छु हरुवा गोरुझै । मैले साहस बटुलिसकेको छैन । म घरको जेठो सन्तान । तीन भाई छन् । यदि तिमीले मसँग विहे ग¥यौं भने मेरा भाइहरुले तिमीलाई भाउजु भन्ने छैनन् –मलिन अनुहार बनाएर बोल्यो ।

के भन्छन त ?– मैले जिज्ञाशा व्यक्त गरेँ । उनीहरुले पनि श्रीमती भन्ने छन । तिमीले उनीहरुको पनि श्रीमती बन्नु पर्ने छ । हाम्रो संस्कारमा जेठोले विवाह गरे पुग्छ । अरु भाइहरुले गर्नु पाइँदैन । तिमी मान्न तयार छौ ?– सुस्तगतीमा उसका ओठ खुले ।

खुट्टादेखि शिरसम्म दन्दनी आगो सल्केर एकै छिनमा खरानी बनेँ म । खरानीको खाक ठूलो हावाले आएर उडाएर लग्यो । मनभरि अन्धकार अनि शून्यता छायो । मेरो मुखबाट कुनै शब्द फुटेनन् । गह भरियो । आँखा रसाइरहे । ऊ मतिर हेरिरहेको थियो । वइटरले खाजा लिएर आयो  । आफै मनमनै सोचेँ कस्तो सोचेकी थिएँ कहाँ आएर ठोकिएँ । कस्तो रहेछ कर्म । थाहा पत्तै नभई प्रेम जालमा फसँे । निस्कन कति मुस्किल । कुन छेउ समातेर जालबाट निस्कने हो । कतिखेर आफ्नो स्वतान्त्रा जिउने हो । चेलीको चोला जता गए उतै जाल भनेझै पाइला पाइलामा जोगीनु पर्ने ।

 एकछिन शान्त भएँ । गिलासको पानी एकै चोटी सिध्याएँ । जव पानी मेरो पेटमा पुग्यो बिस्तारै मन शान्त हँुदै गयो । अव म सोच्न थालेँ । हुन्न त पहिला पनि भनिरहेको थियो । मैले सोचिनँ । बुझिनँ । आफ्नो मनसंँग कुरा गर्दै  फिक्का मुस्कान छरँे । उस्को अँखामा हेरेर  लामो सास तान्दै भनँे – ल ल ठिकैछ । तिम्रो संस्कारको बारेमा अरु डिटेलमा भनन् । म बुझ्छु । बुझे पछि राम्रो लागे, नलागे उत्तर दिउँला ।

ऊ एकोहोरो भन्न थाल्यो – हामीहरुको जात यस्तै छ । दाइले विवाह गरे भाइले गर्न पाईदैन । गरिहाले छ भने उस्लाई घर निकाला गरिन्छ । स्वास्नी मान्छेले नै घरनिकाला गर्दछन् । स्वास्नीमान्छे नै घरको मूल हो । एक डाडुले खाना बाँड्छिन । घरलाई अखण्डित बनाउछिन् । हाम्रो गाँउमा पचासौ वर्ष अघिदेखि छुटेर बसेका छैनन् । प्रजनन दर वृद्धि भएको छैन । सम्पति भागबण्डा भएको छैन । अर्को कुरा घरमा यौन प्यासका लागि लाइनमा वस्नु पर्ने हुन्छ ।

 कतै एक श्रीमानले यौन प्यास मेटाउन श्रीमती थपिरहन्छन् । कतै एउटै श्रीमतीमा छ सात जनाले झम्टिरहेका छन । मैले सोचेथेँ विवाह गरुँला । उस्को सहयात्री बनूँला । ऊ थाकेर आउदा मैले बनाएको खानाले, मेरो अनुहारले नै उसले दिनभरिको थकान सबै विर्सियोस  । अब त ऊसँग विवाह गरे भने चार भाइको ईच्छा पूर्ति गर्दै जिन्दगी जानेछ  । घरबाट एकछिन बाहिर निस्कन पाउने छैन । अनि अफै सोच्ने छु ,कठै मेरो जिन्दगी ।

 के तिमी एक्लै श्रीमती बनाउन सक्दैनौ ? के तिमीमा विद्रोह गर्ने आँट छैन ? के अझैं त्यही संस्कारको पक्षमा छौ ? के मबाट तिम्रा भाइहरुले पनि उत्तिकै माया पाउन सक्छन् ? के तिमी स्तम्भ हौ जो बोल्न सक्दैन ? बिद्रोह गर्न सक्दैन ? यदि तिमी त्यस्तो अमिल्दो संस्कारका बिरुद्ध

कि बोल्न सक्दनौै भने के पुरुष ? उसको सामु एकै चोटी दर्जनौ प्रश्नहरुका चाङ लगाएँर  खाजा नै नखाई निस्के । उसले खाजा खाएर जाऊ भनेर आगह्र गर्न पनि सकेन । पैसा तिरेर ऊ पनि पछि पछि आयो । म केही नबोली हिँडिरहेको थिएँ ।  वइटर एकतमासले हेरिरहेको थियो हामीलाई ।

  उसले गाडीको ढोका खोलेर बस्न आग्रह ग¥यो । म गडीमा बसेँ । गाडी दौडिरह्यो हामी आवाज बिहीन भइरह्यौ । बौद्धमा पुगेको थाहै भएन । गाडी रोहियो । म झरँे । पछाडी पनि नफर्की सरासर स्कुटी भएको ठाँउमा गएर स्कुटी स्टार्ट गरेँ । रफतारमा स्कुटी चलाएर डेरामा पुगँे । कपडा नै नखोली ओछ्यानमा पल्टी एकोहोरो रोइरहेँ । यो मन अचम्मको छ । फेसबुक खोलेँ । अमिलो मन बनाउँदै, नुर्वुलाई फेसबुकमा अनफ्रेन्ड मात्र गरिन फेसबुक डिएक्टिभ गरेर पल्टेँ ।  निद्रा पर्दै परेन । मनमा साना तिना लहर चलि नै रहे । छटपटाहटमै रात बित्यो ।जसोतसो मनलाई शान्त पारे । त्यो दिनदेखि ऊ पनि सम्पर्कमा आएन । आज ठिक दुई वर्ष पछि फेरि फेसबुक एक्टिभ गर्दा पुनः उसको अनुरोध र म्यासेज सँगै आयो । लेखेको थियो –प्रिय अनु, माया एउटा क्रान्ति हुँदोरहेछ त्यसैले मैले मेरो सोच बदल्नु अघि नै तिमी सम्पर्क बिहीन बन्यौ । थाहा छैन बिहे ग¥यौं या गरिनौं । दुनियाँमा भैतारिने क्रममा धेरै पछि होस खुल्यो । तिम्रो कुराले पाठ सिकायो । मैले सोचे हाम्री दिदीबहिनीहरु क्षेत्री बाहुन ठकुरीसँग विवाह गर्छन् तर उनकि दिदीबहिनीहरु किन हामीसँग विहे गर्न मान्दैनन् । किन तिमीले मलाई सजिलै इन्कार ग¥यौ । यस्तै धेरै प्रश्नहरुले मनमा डेरा जमाइरहे । अन्तमा तिमीले भने जस्तै भाइहरु र एउटा नारी मनलाई सम्झेँ । अनि सङ्कल्प गरेँ ।यो संस्कारका

बिरुद्ध जान ।

 मैले विवाह गरेँ तर कुनै भाइकी साझा बनाइनँ । यसो गर्दा गाँउमा पञ्च बसेर अंशमा रोक लगाई मलाई घर निकाला गरिदिए । म श्रीमती लिएर सदरमुकाम आएर बसेको छु । सानो पसल छ गुजारा चलाउने । जिन्दगी चलिरहेको छ । मेरै सिको गरेर भाइहरुले पनि आफु आफै बिहे गर्दै घर छोडेर हिँडेछन् । एक युग समाप्त भए झै लागेको छ । यो सबै तिम्रो कारण सम्भव भएको हो । अचेल समाजमा तिमीले खोजेको परिवर्तन भइरहेछ ।  तिमीजस्तै केही नारीहरु खुसी भएका छन् । तिमी धन्य छौ । भगवान्ले तिम्रो कल्याण गरुन् ।

 यति पढ्दा मन कसोकसो भयो । बिर्सिसकेको नर्बुको निर्दोष मुहार सम्झनामा छाउन थाल्यो । हाँसो पनि सँगै उठ्यो । मनमनै सोचेँ । प्रिय नर्बु तिमीले एक क्रान्ति ग¥यौ  । मैले त्याग गरँे । समय अनुसार हामी दौडिरह्यांै आआफ्नै दुनियाँमा । आखिर जिन्दगी भन्नु यस्तै त रहेछ ।

                                                                 

Leave a Reply

Your email address will not be published. Required fields are marked *