पहिलो नछुने हुदाँ
जुन नयाँ जीवनमा पहिलोपटक आउँछ । त्यही घटनाक्रम नभुलिनेगरी सधैभरि छाप बनेर बस्दो रहेछ । फरक यति हो कुनै कुराले दुःख अप्ठेरो असजतालाई सम्झाउँछ । कुनै कुराले उमङ्ग र रहर लाग्दो कौतुहलतासँग हिडाई दिन्छ ।
त्यसैले होला चुनाबी नक्कलले मनका अनेकौ किसिमका घर्काहरु अथाह कोर्यो । कताकता काउकुति लागिरहयो । आफुलाई काउकुति लागेपछि आफु देखी आफै लाज लाग्दो रहेछ ।
खासै मान्नु पर्ने त केही थिएन । मञ्चन भएको नाटक त हो । कलाकारले गरेको कलात्मक कला आँखा वरीपरी धुमीरहेको वेला कलाकारले लजाउनु त्यति सोभनीय हँुदैन ।
म आफै आफुलाई प्रश्न गर्दछु ।
खासै भनु भने लाज के हो ?
त्यसको अर्थ के हो ?
समाजको अगाडि लाज किन लाग्दो रहेछ ।
लाज लाग्ने मन छुट्टै कता लुकेर बस्दो रहेछ ,त्यो पनि दया माया जस्तै एकान्तमा सुस्ताएको हँुदोरहेछ ।
म वनमा ,मान्छेभन्दा, धामसँग पनि लुकेर बसेँ ।
म अल्लारे केटी । चियो चर्चा कसरी गर्नु जस्को अर्थ मसंग प्रर्याप्त छैन । अर्काले जे सिकाउन्छ त्यही गर्दै आएको म । खाना खान अर्कैले सिकाथो । पढ्न अर्कैले सिकायो । लाज मान्न अर्कैले सिकायो । बन जान पनि अर्कैले सिकायो । रित बसेछ क्यार । शनिबार आयो की वनमा गइहाल्थे ।
चैत्रको महिनामा त झन वनमा यसै त्यसै रमाईलो लाग्छ । जताततै फूलै फूल । जुन फूल मन प¥यो
त्यही फुल टिप्यो चुल्ठीमा कोच्यो । कस्तुरीझै फुरफुर नाच्यो । बाँदर झै रुख–रुख उक्लिदै हाँगामा बस्यो र चारैतिर हे¥यो । कोइली झै गीत गायो । तल झ¥यो । हिउपनीसँग अन्नि खायो । साथी छाउलेसँग बनमा सुर र ताल बिना गाउन पाए बनै आफ्नै जस्तो लाग्ने । त्यस्तो रमाईलोमा जो पनि लोभिन्छन । घरमा को बस्न सक्छ र ! कोही बोल्लु भने चरो मुसो हँुदैन । एक्लै बस्दा–बस्दा उमन लागेर पुरै दिन दिक्क हुन्छ ।
स्कुल भन्यो कि डर लाग्छ । काँचो पाको खाएर स्कुल जानु । ढिला गए सर बाट कुटाई खाइनु ।
पढाई छुटनु । यता आफ्नो मन शान्त नहुनु । कुटाई र पढाईको झन्झटले कति खेर शनिबार आउला झै हुन्थ्यो । शनिबार रहर पनि कस्तो जे आफुसंग हुन्छ त्यसको महत्व हुँदैन, जुन छैन त्यसैको कति रहर भन्या ।
शनिबार आयो की बनमा दाउरा ल्याउने निहुमा विहानै तयारी भईराख्थे । पट्टीकी फुपु दिदीलाई विहानै घरमा गएर भन्थे “ आज शनिबार हो म तपाईसँग जान्छु है । कति खेर जाने हो ? खाना खानु भयो । रोटी धेरै हालेर लिन्छु हई । हाम्रो बन्चरोे राम्रो कराएको छ । यस्तै कयौ कुरा गरेर फकाउथे ।
आज पनि लहीलहीमा वनमा गए । साथीहरु गफिदै पानी धारा तिर तर्दै गरेको देखे पछि मत के वस्न सक्थेर घरमा ।
उनिहरुले त मेरो आधा मन नै चोरेका छन । साथी संगत पनि कस्तो हुदो रहेछ भने अरुसबै र्विसे पनि साथी छाउले र्विसन नसकिने ।
एक छिन त तछाड मछाड गरेर झगडा ग¥यो पछि फेरि एक्कै छिनमा मिली हाल्यो । कस्तो मन कस्तो रिस हो । आजभोली सम्झन्छु त्यती वेलाको कुटाई खाएको देख्दा आफैदेखी डर लाग्छ । निसानी आजैसम्म छ । अहिले कसैले सोधे पछि भन्छु जनआन्दोलनमा धाईते भएको ।
पुजा भने पछि त म झन हुरुकै हुने । स्कुलमा पनि संगै वनमा पनि सँगै । कतै जानु परेपनि संगै हुने भएर, ऊ भन्योकी सातकाम छोेडेर दौडिहाल्थे । आज पनि मुमा मलाई नजा कपडा धोएर बस भन्नु हुन्थ्यो । मैले मानिन । जान्छु भने ।
आज भित्रैबाट मन छटपटि रहेको छ । एक्लै वरालिन मन लागेको छ । उराठ लागेको छ ,गीत गाउन मन छ । जता एक्लो रुख छ । चारै तिर देखिन्छ त्यही ठाउमा एक छिन टोलाउन्छु ।
खै कुन्नि के भयो ।
केटीहरुका कुरा त भईगो । खाली साना तिना कुरा । ती कुरा पनि झिजो लाग्छ ।
हिजो अस्ती बढी गफ मैले नै ग¥र्थे हुला । दाउरा वनाउन म नै वढी मन गर्थे । अरु अलि पछि गरुला भन्र्दै गफ गर्थिन । जीउडेली गर्थिन । पाउडाका टुपा रंगाउन्थीन । फ्रुका वनाउन्थिन । गीत सिकाई माग्थिन । सुल्पा खान्थिन । अनि दाउरा , बनाउथिन ।
बल्लबल्ल दाउराको भारी पुगाउँथिन् । कोही स्याउला सोह्रथ्नि र जालमा जाक्थिीन् । डाको ला–ला गर्थिन् ।
भारी पुग्यो कि नाई ।
स्याउला सोहर्दै गर्दा वनै रसाउने गरी गीत गाउथिन ।
आज अरु गीत गाउन त्यति तम्सिएकी छैनन् । मै वडी तम्सिएको छु । मन आज पूरै भाँचिएको छ , शरीर पूरै ल¥याक लुरुक्क भएको छ । केही गर्ने मनै छैन । के गरु के गरु आफै छट्पटिएको छु । आफु ठिक ठाउँमा रहन नसके पछि । गीत गाउने मन गरँे ।
हावालाग्ने ठाउँमा पुगँे । चारैतिर हेरे हिमालका चुचुराको मुनि फाँट देखे , त्यही फाँटमा चरा उडिरहेको हेरँे । तल जंगल माथि माथि हिउँले टोपी लगाएको देख्दा झन मन वरालियो त्यही वेला गीत गाउन आँट गरे ।
मलाई पनि उडाई लैजा हिउ चुलिका डाँफ्या ।
मनपापी रोएको रायौ दन्त किन हाँस्या ।।
कर्णाली धुमाउरो प¥यो लौरी बगाउदैन ।
वैरागीका वैरी मन डुली अगाउदैन ।।
मन झनझन वरालिएर वैरागी हुन थाल्यो । आफ्नै गीतले पोल्न थाल्यो मन । साथीहरु पनि अहिले गीत गाउन थालीछन । वनै गुन्जाएमान बनेको छ सुरताल विना । वढिनै वैरागी भएपछि आफै आँशु आउदो रहेछ ।
कल्पनाहरु धरी धरी उल्टी पल्टी गर्दै सात सागर देख्छु । मजस्तै नारीको आँसुले वन्यो होला कि त्यो सागर पनि । केहुन के हुन कल्पना । आँसु मूल फुटेझै बगिरहेको छ । मेरो आँसु भुईमा खस्दा कमीला आँशुका थोपामा लटपटि रहेको छ । भमरा थपथप बसेर पानी प्यास मेटाउदै छ । रुनुभन्दा त्यो क्रियाकलाप हेर्न पो थाले ।
यसो सिन्काले कमीलो तैराए । एक छिन खुट्टा तानतुन ग¥यो , आँङ सुकायो फेरि आफै हुलमा मिसियो , खै मुख जोडेर आफ्नो साथीहरुलाई के भन्यो कुन्नि उसको भाषा बुझ्ने भए पो ।
भमरातिर फेर्के, खुट्टा तान्दै झन भिज्न थाल्यो । मैले अलि हिउपानी पोखी दिएँ । ऊ धित मर्ने गरी खाओस भनेर । पेट फुरायो , पखेटा हान्यो , उड्यो फूलै फूलको वारीमा, रमायो त्यतै ।
पुजा नजीक आई, किन रोएकी, के भयो भन त भन्नथाली । सारदा र विना माथिनै गएकी थिईन उनलाई पनि वोलाई । अव म केही बोल्न सक्ने अवस्थामा थिइन । कता दुखेको मन कता छोए निको हुन्छ । के नपाएर भोकाएको मन के खादा भोग मेटिन्छ । त्यो नपाए पछि मनोदाशाले कतै दुखाईको आभाषा हुँदो रहे छ । त्यही कुरा मनमा लियो भने साच्ची दुख्दो रहेछ ।
पेट दुख्न सुरु गरेको थियो । दुखाई टेक्न नसक्ने भए पछि उनीहरु डराउन थाले ।
खाजा खाँदा कुनै विषादी झारपात प¥यो की ?
सुस्तरी मैले टाउको हल्लाउदै संकेतिक भाषा अपनाएँ, हैन । उनिहरुले फेरि साधिन –किन के भो त ?
बोल्न बाध्य परे पछि विस्तारै भने–तल्लो पेट दुखिरहेको छ । विष भए त अरु केही लक्षण हुनु पर्ने ।
पेट त झन दुख्न पो थाल्यो ।
अब घर जान्छु भनेर उठ्न के लागेको थिएँ, एकाएक सु लागे जस्तै भयो । रुखको आडलिएर पिसाब फेर्न कुर्तामाथी गरेर सुरुवाल तल झारे , पिसाब फेर्न खोज्दा त पिसाब आएन । तिध्रामा तातो पानी बगेको जस्तो पो लाग्न थाल्यो । म आत्तिएँ मन मनै सोचे । पिसाब पनि रोख्न नसक्ने भए छु ।
कति शक्तिहीन भएँछु ।
मेरो संवेदनाशील अंङ्गले पनि काम गर्न छोड्यो छ । पेट दुख्न झन बढि भए जस्तो भयो ।
अब मलाई ठूलो रोग लागेछ भन्ने डरले मुटुमा झीर विजेझै भयो । लामो सास फेरँे । आफुलाई समाले । तातो पानी बगे जस्तो लाग्ने ठाउमा हेरेको त रगत पो वगि रहेकोछ । म आत्तिएँ कराउन थाले ।
पुजा र विना कुददै म भएतिर आईन । किन डरा कि । हामी हुदाँ पनि डराउने के भयो भन त । केही देखिस यहाँ ?
मैले उतर नदिदै विनाले भनि– “ए पूर्णिमा छुई भईछस ” यति भनेर तिनीहरु गल्ल हाँसे ।
अब अर्को साल ज्वाईसंग हिँडने भई । हामीबाट त टाढा हुँदै जाने भई । हामीलाई पछाउन्थी । अब अरु कसैलाई पछाउने भई, फेरि हाँसीन । म केही नबोली बसीरहेँे ।
हेर अब बर्षभन्दा महिना , महिनाभन्दा हप्ता , हप्ताभन्दा दिन ,
दिनभन्दा धण्टा हुदै सेकेन्डमा तिमी छुटिदै जाने छौ ।
मायाको अकुशले बिस्तारै परिवर्तन गर्नेछ । गर्नेछ भन्दा पनि तिमी त्यतातिर गएको तिमीलई थाहा पत्तै हुने छैन । त्यसैले अहिलै बाट छुट्टिन सुरु गरौं बहिनी भनेर उनिहरु छुट्टिन तयार भए । मैले मेसो पाईन । के भने कि हुन ।
उनिहरु संगसंगै हिँडन मपनि तयार भएँ । उनिहरु त मलाई हेर्दै भन्न थालीन , यस्तो कपडा लिएर बुवाको अगाडी जान्छयौ ?
के भन्नलान । त्यसो भनेपछि आफै लाज लागेर आयो । मैले केही भनिन ।
मलाई वनमा नै वस्ने सल्लाह दिए ।
घरको जग छुनु हुन्न । सूर्य र लोग्ने मान्छेको अनुहार हेर्नु हुन्न रे । हेर्लिस कतै नर्हेनु नि । यति भनेर उनीहरु हिडे । पर पुगे पछि पूजाले भनी म घरमा खबर गरुला काखीलाई । बरु तिमी गाउँ नजिक आएर त्यो खोलाको ओखरको रुखमुनि बसि राखनु ।
म अब के गरुँ । म त आतिए । कता वस्नु के खानु ,सोध्ने लाई उत्तर के दिनु ,गन्थन र मन्थन गर्न थालेँ । कुर्ता पनि रगतले पुरै भिजिसक्यो । आङ काम्न थाल्यो , टाउको दुख्न थाल्यो, घामले डुब्नलाई खुट्टा छोडी सकेको थियो । एकान्तमा पात खस्दा ,स्याउला वज्दा डरले सातो जान्छ मेरो ।
अँधेरोमा सामसुङ्ग गर्दै घरको छेउमा पुगेँ । घरको आगो देखेर मनमा भर लाग्यो । अवत घरमा पुगेछु , पेटपोली राखेको थियो ,यस्तो बेला भोक झन लाग्दो रहेछ । वेसरी कराएर आमा भनु भन्ने भयो फेरि चुपचाप वसे । घाटी सम्म पुगेको भक्कानोलाई रोकेर ।
म आज वालकवाट युवती भएँ । कुमारीवाट नाता फेरिदै हजुर आमासम्म बन्ने दिनको कल्पना गरेँ ।
प्रकृतिले मेरो यौवन र उमेर पुगेको कुरा थाहा पाएँ । उसलाई रोख्न सकिदैन ।
आखिर टुटनु नै छ । आज मात्र होईन अहिल्यै बाट ।
पुजा र विनाका कुरालाई सम्झेँ । अब बुवा आमाको काखवाट टाढिने भएँ । छोरीका पखेटा लाग्न थालेछन भनठान्लान । माइतकी छोरी आज छ कि भोली भन्नेहुन । ठूलो स्वारले कराउदा बुवा वा मुमा गाली गर्नेहुनन् । तिम्रो कतिपो खालीर अब पोइल जाने छोट् ि? यस्तै कल्पना आउन थाले र फेरी रुनथालँे ।
पानी सिमसिम पर्न थाल्यो । हावाले जोर जोरले रुखको टुप्पो जमीनमा छुदै छोड्दै गर्दा कपाल छोपेको दोपाट्टा उढाएर लैजाला भनी टाउकोमा धुमाई फिराई चिउडोमा वाँधँे ।
मुमा आगो वालेर भित्र वाहिर गर्दै हुनु हुन्थ्यो । खै कुन्नि के हराई छन के खोज्दै छन ठाम्माउन सकिन
। आँखाको पानी पनि सिद्धिसकेछ अब ।
मेरो मन, मुमासँग भित्र वाहिर गरि राखेको छ । उनको वाल्या कालतिर फर्काउदै छु ।
मुमा झन भित्र वाहिर छिटो छिटो गर्न थाल्नु भयो । मुमासँग अरु कोही देखिनु भएकै छैन ।
म मुमातिर हेरेर टोलाई रहँे ।
घर भित्रवाट मुमा अलि ढिला बाहिर आएपछि मन यस्तो आतिन्थ्यो के गरुँ कसो गरुँ किन वाहिर आउनु भएन भनी मनमा अनेकौ प्रश्नहरु उथलपुथल हुन थाले ।
मुमा फेरि वाहिर आए पछि यसो सास वटुलेर राख्थँे ।
अब मुमा लिस्नु बाट तल झर्नु भयो । मैले धाँटी तानी तानी हेरँे । फेरी अलि छेकियो जस्तो भयो । उठेर हर्ने खोजे । उठ्दा त पुरै चिसो पो लाग्यो पछाडि । कपडा खोलु खोलु जस्तो लाग्यो । फाल्यो के लगाउनु हिजोसम्म अलि पानीले भिजायो भने ढोकांवाट कपडा खोलेर फाली दिन्थे ।
मुमा गाली गर्दै भन्नु हुन्थ्यो “लाटी अव त तरुनी भईसकि ! लाज लाग्दैन, कपडा लगान हो लगा भन्दै अर्को कपाडा दिनु हुन्थ्यो ।
साँच्ची आज मलाई आमाले भनेका कुरा सम्झिए । अनि मुमादेखि पनि फेरी लाज लाग्न थाल्यो । उहाँ मेरो नजिक आगो लिएर पूर्णिमा पुर्णिमा भन्दै बोलाउदै आउदै हुनुहुन्थ्यो । मत के गरु के गरुँ भयो लाजले शिर ठाडो भएकै छैन । फेरी चिसोले मुटुनै हल्लाई रहेको छ । एक छिन बोल्दै बोलिन मुमाले खोज्दै उता जान लाग्नु भयो ।
मनमा झन डर पो लाग्न थाल्यो । नभेटाएर घर फर्किन भने मैले झन चिसोसँग कसरी युद्ध गर्ने होला ।
कसरी सुत्ने होला ?
ओछयाउन कपाडा छैन । झारपात ओवाना छैनन् । ढुङ्गाले झन चिसो बढाउन्छ । मन मनै भने सौर्य मण्डल ओड्छु जमिन ओछयाउन्छु ।
मुमाले समेत भोग्दै आएको संस्कारमा म वाँच्छु । संस्कारसंग ऋणी हुनु नै पर्छ । यो समस्या होईन कि नारीलाई सहने उपमा दिएको छ धर्तीझै । धर्तीले सवै कुरा सहेकी छन । म पनि सहन्छु ।
मुमा फेरी यता फर्के आउनु भयो, फेरी वोलाउनु भयो । मैले सकिनसकी आवाज निकाले म यहाँ छु फेरि रुन थाले ।
अव म भोग र तिर्खा चिसोले रोएँ या लाजले रोएँ थाहा भएन । जे ले रुवाएनि रोएँ । बेसरी रोएँ । मुमाको घाँटीमा झुन्डीएर डाँको छोडी रुन मन थियो तर रुन पाईन ।
उहाँले सम्झाउदै भन्नुभयो–“ लाटी हामी नारी मान्छे । भगवान्को लिला सुख–दुःख दया–माया र सेवा सवै हामीले नै बुभ्mने हो । अनि सहनु पर्छ पनि । यो हाम्रो कर्ममा नै छ ।
किन रोएकी अव तिमी तरुनी भयौ छोरी तरुनी । नयाँ जीवनको सुरुवाती साथै तिम्रो काँधमा नयाँ जिम्वारी आयो छोरी ।
छोरी नरोऔ । भगवानको लीला त्यही लीलामा रमाउनु पर्छ । सबै यसैमा रमाएका छन । हामीले पनि रमाउनु पर्छ छोरी ।” यति भने पछि मुमाले आफ्नो पछिपछि आउन इशारा गर्नु भयो ।
अलि टाढा लिएर जानु भयो । मलाई हात समातेर हिँड्ने मन थियो तर छुन समेत दिनु भए । अलि तरकेरै हिडनु भयो ।
छुईखुल्लो देखाउदै भन्नुभयो । त्यतै वस । कपडा पानी दिदै भन्नभयो–तिमीले खाएको भाडा र ओडेको कपाडा पनि यही राख्नू । अनि सुन तिमीले कुनै लोग्ने मान्छेको अनुहार र सूर्यलाई नहेर्नू । यति भनेर मुमा जानु भयो ।
किन हो कुन्नि सबैको एउटै कुरा । थाहा नै नपाई म त्यसै गर्न थाले ।
दिनभरि लुक्नु । राती जाऊ । धारामा कोई आउछन कि भन्दै हतार हतार काग नुहाई गरी हत्तनपत्त छुईखल्ला पुग्दा चिसाले मुटु हल्लाउँन्थ्यो । कति आपत । यस्तो दैनिक गर्दा म दुब्लाई सकेको थिएँ ।
छुईखल्ला पुग्दा पुजा आगो बालेर बसेकि हुन्थी । धित मर्ने गरी आगो ताप्थौ ।
साथीहरु खाना खाएर आउन थाले । रात भरि गफगदै हाँस्दै गर्दा,सवै कुराहरु विर्सिन्थे । दिनहरु वित्दै गए।
मुमा आउनुभयो । बाहिरैबाट भन्नुभयो, आज चोखिनु पर्छ । सवै काम सिध्याएर वसी राख्नू । यति भनेर जानुभयो ।
मैले सोचँे ,म कहिले जुठो भएँर ? म कुनै परपुरुषसंग रासलिलामा मग्न नभईकन कसरी जुठो भएँ । यो कुरा मुमा आए पछि सोध्छु भन्दै म वसेको ठाउँ लिपपोत गरेँ । कपडा धोइ धाई गरेर बसँे ।
मुमाम आउनु भयो ,हिड चोखीन, सबैमा टाढैबाट गउत छर्कन थाल्नु भयो ।
मैले मुमालाई सोधेँ मुमा कसरी जुठो भएको थिए र कसरी म अहिले चोखीदै छु ।
उहाँ एकछिन केही बोल्नु भएन । उहाँलाई थाहा थियो कि यस्लाई चित्त बुझ्ने उत्तर दिएन भने सोधि रहन्छे भने ।
उहाँले भन्नु भयो –“ तिमी नछुने भएकी थियौ । अब छुने हुनु परेन ।” तर छोरी अब तिमी साँच्ची नछुने भएकी छौ देवता चल्दी नौ । अब बाटोमा कुमारी भएर सगुनका रुपमा सिगारीएर बस्दी नौ ।
कस्तो अच्म ,छुई नहुदा देवताका निम्ती सजिनु पर्ने, छुई भएपछि सोपिसका रुमा बिभिन्न ठाउमा सजीनु पर्ने ।
महिला जन्मदै ,पहिला चन्द्रमाले भोग गर्ने ,त्यस पछि अग्निले भोग गर्ने ,अनि गन्धर्वले भोग गर्ने । त्यस पछि मात्र मानवले भोग गर्ने । यो कस्तो लीला हो । रचायताको सृष्टि ।
मलाई छुईखुल्ला बाट घर लिएर जानु भयो । घर भित्र अझै जान दिनु भएन । पहिला तेल दिनु भयो । तेल लगाएँ । अनि दही चमल लगाएर दस रुपैया दिनु भयो । त्यसपछि वुवा काका दाई सवै देखिनुभयो । सवैले कपडा दिदै, दही चामल लगाँउदै जानु भयो । मैले थापी मात्र रहे र सोचँे यो के गर्दै छन् ।
यो कस्तो संस्कार हो ।