कोसेली माईतको
राजनको कलेज लाग्न थाल्यो । ऊ शहर जाने तरखरमा लाग्दा उसैले उक्साएका कुराहरु मनमा खेलिरहेका छन । नर्स पढेर आफनो ठाउको सेवा गर्नु पर्छ । पुरानो सोचलाई रुपानतरण गर्नु पर्छ । भाबी पुस्ताले हामीले परिबर्तन गरेको कुरालाई फेरि पुरातन भन्ने छ । फेरि नयाँ कार्यमा जुट्ने छन । हाम्रा समस्या झिना लाग्ने छन । यिनै कुरा मेरो मनमा खील गढेझै गढेर बसेका छन ।
म अब के गँरु । राजनसंग जाउँ , गाँउले भन्लान बुढाको पुच्छर । नजाउँ मेरो मनमा आगो झै मडारीएर आएका भबनालाई कता सेलाउने हो । कुन ओखती खानु पर्ने हो । ईच्छा चाहना बन्द हुने हुन । बुवाआमाले मेरा आँखा खुलाई दिएको प्रति अन्याय हुने हो । मन भाबनामा बग्दै कठोर बन्दै गर्दा घरको याद आयो ।
मेरा आमा बुवा भाइलाई नभेटेको धेरै भइसकेको थियो । भाई पनि आएकै छैन । माग महिना त लाग्न थालि सक्यो । बुवा आमा के कस्ता छन । नसोधी भागेर पोईल गई भनेर चित्त दुःखाए होलान !
हुन त उहाँहरुकै दात्तामा मैले विवाह गरेको हुँ । मैले बुवाआमको दात्तलाई नटेरी हिडेको त छैन । भाइ किन रिसायो होला । भाइलाई छोड्दा म कति भक्कानिएको थिए । मन कति कुँडिएको थियो । मेरा पाईला कति वटारिएका थिए । जति नै माया गर्ने मान्छे पाएपनि माइति घर छोड्दा पाइला अगाडी बढाउन कम्ता गाह्रो रहेन छ ।मन कम्ता दुख्दो रहनेछ भनी सोध्य छैन ।
छोरी मान्छे पराई घर जानै पर्ने चलन भएकोले म भाग्न बाध्य भएको हुँ । किन मलाई नबुझेको होला । किन छोरीले पराइ घर जानु पर्ने चलन चल्यो होला ।
किन बुवाआमले आफ्नो मन सम्झाउन नसकेका होलान । किन यस्ता कुरामा चासो नलिई मप्रति मात्र रिस राग राखे होलान । को पो छोरी मान्छे जन्म घरमा बसेको छ र ? छोरी मान्छे । पुराणमा पनि त्यही छ । अहिले पनि ठूला ठूला राष्ट्रकी राष्ट्रप्रमुख श्रीमानकै घरमा गएकी छन । किन नबुझेको होलान ।
साँचै मलाई अग्रान पु¥याउन आउने होइलान त !
म छटपटिन थालेँ । माईतिको माया झन वढ्न थाल्यो । म भागेको दिनदेखि आजसम्म कुनै त्यस्तो सौराइ लागेको थिएन तर आज भोलि खुब लागेर आउछ । आमा के गर्दै होलिन , कस्तो होला घर । बुवा विरामी पर्नु भयो की । यतिका महिनाहरु विते खै के कस्तो छ खबर मनमा निकै नै उथल पथल गर्न थाल्यो । देउरानी जेठानीका माइति आउदा सम्झना झन झन झाङ्गिने आँखा ओभाना बनाउदै मुस्किल पर्ने ।
राजन म पट्टी हेरेर भन्दै थियो । घरको माया लाग्यो लाटी । यो घर तिम्रो हो । अव चिन्ता आफ्नो गर । त्यो घर त अब माईत भयो । तिमी नभए पनि आफु अनुसार काम गरिहाल्छन ।
तिमी अव धेरै मन नडुलाऊ । तिमीले मन डुलाउन थाले पछि मेरो के हालत होला भन त । बुवा आमा वढि चिन्ता लिन्छन । छोराले बुहारीलाई के बचन लगाएछ भनेर अनेक प्रश्नहरु उठ्न सक्छ । उत्तर जतिदिदा पनि उहाँहरुको चित्त नवुझन सक्छ । चित्त नदुखाऊ ।
माघको महिना आउन अव जम्मा दुइ दिन बाकी छ । काग घरको डिल डिलमा वसेर कराउन थाल्यो । कहिले भने टाँडाको लुग्रोमा बसेर कराउन थाल्थ्यो । मन झनझन बुवाआमा, भाईको सम्झनामा सताउन थालेको थियो ।
राजन फुपुलाई अग्रन खान वोलाउन फुपु घर तिर जान तयार भयो । राजनलाई भन्दै हुनु हुन्थ्यो सासु–“ मागको महिना भरि यतै बस्नु पर्छ । घरको काम सबै फुपाजुलाई जिराउ भन्नू । बाटोमा राम्रो संग जानु ”यति भनेर राजनलाई बिदा दिनु भयो ।
गाउँमा सवै चेलीबेटी माईत आईसकेकी थिइन । माईत कि चेली को पो दुःखीत हुन्छन र । कसैले छोरो , कसैले छोरी ल्याएर आएकी थिईन । गाउँमा पुरै माईतेलो भएको थियो । माईत नजिक नहुनेहरु पनि धेरै दिन लाएर माईत आएकी थिईन । गाउँकी वुहारी पनि सवै माईत गईसकेकी थिइन ।
सासु आमालाई वोलाउन मावलबाट उहाँका भदा आएका थिए । उहाँ जानु भएन खै कुन्नि के कारणले जानु भएन । उहाँले भदालाई भन्नु भयो यसपाली आउन पाईन , मेरो भागको अग्रन यतै पठाउनु । नयाँ बुहारी छ । सबै चेलीवेटी आएकी छन भन्नू । राजनले फुपुलीएर आएपछि उहाँको सत्कार पनि गर्नु प¥यो नि भनेर पठाउनु भयो ।
आज माघे संक्रान्ति सबै माघे संक्रान्ति मनाउन खार्पूदोभान गएका छन । घरको ओटालाका छेउछेउमा पुरी सेल राखेर का–का गर्दै कागलाई बोलाई रहेका छन । काग पनि डर हटाएर लाजै नमानी टुपु टुपु गर्दै खाईरहेको छन ।
मैले मनमनै कागलाई भनँे । हे सन्देशी माता तिमीलाई धितमर्ने गरी अग्रन दिन्छु खाऊ , फेरि मेरो सन्देश लिएर मेरा आमा र वुवा भाइलाई पु¥याइ देऊ । र भनि देउ तिम्री पूर्णिमा अग्रन पु¥याउन नआएकोमा साह्रै दुःखीत छ । उसले प्रश्न गर्दैछ । अझै सम्म रिसाएका छौ ? माया पलाएन ? अग्रन दिने महिनामा पनि मलाई अग्रन पु¥याउन नआउने । यसो हो भने तिमीले मलाई साच्चै माया मारेका हौ त ? पोईल गइ र राम्रो भो भन्ठानु भएको हो ? भनेर भनि दिनु । यति भनेर फेरि एउटा सेल राखी दिएँ । कागले टपक्क टिप्यो । काग त काँ–काँ गर्दै उड्यो र गयो । म घरभित्र पसेँ ।
दिउँसो हामीसबै घरको थाडाको डिल्मा गएर वस्यौ । धोडाहरु दौडाउदै माधे संक्रान्तिमा नुहाउन गएका मान्छेहरु घरतिर आएका हेरिरहयौं । चौरासी वजाएका छन । ढोलदुम ,ताल बजाएका छन । कति रमाईलो । म जान पाईन । त्यही भएर आँखा तानी तानी हेरे । हाम्रा गाँउका मान्छेहरु पनि गएका रहेछन । एकहुल भएर आए । सबै ससुरा बा आमालाई ढोक दिन आए । दक्षिणा दिए । गए ।
छोरी बहिनी सबै घरघरमा निम्तालु हुनथालीन । छोरीवहिनीले उठाएको दाउरा पानी छर्केर वाल्ने । भाँडा नधुने । मल्लमा हात राख्न त के हेरेपनि पाप लाग्छ भने । ओ हो कता कता सत्य युगमा पुगे जस्तो, धर्म र पापको कुरा कति गरेका । घरघरमा स्वास्थानी पढेका छन । पीपल, तुलसी पुजेका छन ।
राजन घरमा आईपुगेको थिएन । पाँच छ दिन जति भइसक्यो । ठेगान थिएन कतै फुपुले आउन मनिन कि ? सासुससुरा भने ढुक्क छन । राजनको वारेमा पनि केही भनेका छैनन । आज माघ सात गते भैसक्यो । अझै आएन भनेर अगेना छेउमा बसी सासुले प्रशङ्ग के उठाउनु भएको थियो ।
साँच्ची राजन फुपु लिएर आई पुग्यो । फुपु लाई मैले ढोगे । घर भित्र छिरिन लाग्दा मैले राजनलाई समातेर ढोका भित्र पस्न दिइन । एक छिन उसलाई हेरि रहे । कति माया लागेको । राजनले लाज मान्दै भन्यो वेलुका गफ गरुला यति भन्दै ऊ भित्र पास्यो ।
बुवाआमालाई वेली विस्तार ग¥यो । निन्द्रा लागेको छ भनेर राजन उठेर कोठामा गयो । म भने भाँडा माज्नै ब्यस्त थिएँ । फुपु र ससुराको गफ सिद्दिएकै थिएन । उहाँहरु भलाकुसारी गर्दै थिए । म के भनेर उठ्नु भनेर उहाँहरुको गफ सुनेर साथ दिदै बसेँ । फुपु सासुले मेरो हात, च्यूटो मुसार्न थाल्नु भो हर्षका आँशु दोखिन्थे उहाँका परेलीमा ।
एक छिन पछि ।
उहाँहरु सुत्न जानु भयो । राजन वम्किएर बसिरहेको होला । छिटो आएन भनेर । म हत्तन पत्त कोठामा गए । ऊ रिसाएको छ मलाई थाहा थियो तर पनि राजनलाई अँगालोमा हालेर एकछिन अडिरहे । माइतिको सम्झना सवै राजनको अँगालोमा विसाँए ।
आमाले नौ महिना पेटमा राखेर यतिसम्म पढाएर हुर्काएर राखिन। वुवाले फूलको वेर्ना स्याहारे झै मलाई हुर्काएका थिए तर त्यो सबै छोडेर तिम्रो साथमा आएँ । कर्मदाता सम्झे । भगवान ठानँे अनि जिन्दगीको सहयात्री सम्झे त्यही भएर जन्म दिने बुवाआमा भन्दा तिमीलाईनै ठुलो ठाने भन्दै हिकहिक गर्न थाले ।
यतिका दिनसम्म मुहार हेर्न नपाएर कति आत्तिएको थिए । एक मन हँुदैनथ्यो । बाटो हेरेर थाकी सकेकोथँे । मलाई डर पनि लाग्न थाली सकेको थियो । यतिका दिनसम्म किन आउदैन । पापी मन के के सोच्छ के ?
कतै लडेर धाईते पो भयौकी ? बिरामी प¥यौकी ? कसैसँग झगडा भयो कि ? यती कुरा खेल्दा आँखामा निन्द्रा नै हराउदो रहेछ । केहीगरी निद्रा पारु भनेपनि निद्रा नै पर्दैन । अेछ्यानमा यता पल्टियो उतापल्टियो । मनमा के के भाबना हुन । कहिले अमिलो खान मनलाग्छ । माटो खान पनि त्यतीकै मन लाग्छ । भोग पनि हराएको छ ।
। अँगालोमइ रहेर भने । राजन चुपचाप सुनि मात्र रहयो । रिस सबै विर्सिएर माया लाग्दो पाराले मलाई हेरी राखेको रहेछ ।
तिमी त एक हप्तामा यति आतिन्छौ । कठै बिचरा विदेशीएकाहरुकि श्रीमती के गर्दि होलीन । के भनेर मन थकाउछिन होलीन । कुन ओखतीले भए भरको दुःख पीडा निको पार्छन होलीन् । के भनेर चित्त बुझाउछीन होलीन ! आफुलाई मात्र होईन अरुलाई हेरेर पनि चित्त बुझाउन सक्नुपर्छ पूर्णिमा । तिमी त अरुलाई बुझाउने वेला आफैले यस्तो सोचे पछि के गछ्यौ त ? मलाई सुमसुम्याउदै भन्यो । सुत अब बिहान छिटो उठ्नु पर्छ । राजनको अंगालोमा माउसुली चिप्किएझै चिप्किए । कुन्नि कतिखेर निदाएछु थाहै भएन । घेरै दिन पछिको मिठो निद्रा उज्यालो भएको चालै पाइन ।
बिहान भयो । घमाका किरण झ्यालभित्र भरखर छिरेका थिए । फुत फुत गर्दै दैलोवाट धुँवा निस्क रह्यो । काग छतको डिलमा बसेर काँ–काँ गर्दै कराउन थाल्यो । मैले कागले केही खवर ल्याएछ भनेर कागतिर टोलाएर हेरँे । मनमा एक छिन आशा पलाएर आयो । सबै रिसाएकै रहेछन भनेर आशा मारी सकेको थिए ।
भाइ आउछकी त । अरु त कोही आउने छैनन । भनेर दोधारमा पनि थिएँ । दिनभरि दोमन भइरहयो । भाइ आउछकि अरुकोही । बाटोमा आउने जानेहरुलाई नियाली राख्थँे । अलि चिने जानेको कोही पनि आउदैन । वेलुका हुनलाग्यो सबै घरघर भित्र पसेर खान तयार गर्न लागी सकेका थिए । त्यही बेला विसौनमा दुईजना नयाँ कपडा लगाएका नयाँ मान्छे आइरहेका देखँे । मत झन छुतपुत भएँ । साँच्ची भाइ आयो होला त ? कस्तो माइतको कुकुर पनि प्यारो लाग्छ रे । हो साँच्ची रहेछ । माइतवाट आउने खवरको कल्पनाले मात्र कति आनन्दित बनाउँछ ।
म हेरी राखेको थिएँ । विसौनावाट दुईजना हिडेर गाँउभित्र पस्न लागे । एकछिन रुनभुलमा परँे । गाँउमा आएका रहेछन भनेर मन खिन्न भयो । यसै टोलाइरहेको थिएँ । नन्द नजिकै आइन । ओखर दाँती पल्यौटामा फुटाएर खान थालीन । मुखभरि मूरी हालेकीले गर्दा गफ गर्न त्यती नमिल्ने भएर होला उनीहरु चुपचाप नै थिईन ।
म भने ति दुईजना कता जाँदा रहेछन भनेर हेरी मात्र रहेको थिए । तिनीहरु कतै पसेका पनि देखिन । घरभित्र एकछिन पसे । भात पकाउन लागाएको थिए । नन्द र म वाहिर भएकोले डढयोकि भनेर भित्र पसे । फेरी भित्रै बस्न सकिन ।
वाहिर आउदा त लिस्नुमा भाइ र काका पो आउदै रहेछन । म त के गरु के गरु भएँ । एकातिर हर्ष अर्को तिर भागेर आएकी हुदा लाजलगेर केही सोच्न सकिनँ । काकालाई ढोग दिएँ । भाइलाई पनि ढोग दिएछु वेहोसी भएर । भाइ त रण्नभुल्ल भएछ । म रुन थाले । घरको दुःख ,हर्षले भन्दा पनि मायाले रोएको थिएँ । साँच्ची माया बढि नै लाग्यो भने आफै आँसु आउदो रहेछ । म सुक्क सुक्क गदै थिएँ । सासुले दै चामल लिएर आउनु भयो । अनि काका भाइलाई लागाई दिनु भयो । लिउ ओछ्याइन दिनु भयो । दुईटै वसे ।
म एकछिन नचल्ने भएको थिएँ । काखैमा वसेको भाइलाई अँगालो हाली रहँे । मैले सोध्न थाले बुवा मुमा सँच्चै छन । कस्ता छन भनी भलाकुसारी गरँे । राजन गाँउवाट आइपुग्यो । उसले पनि काकालाई ढोग्यो । भाइको ढोग पड्छयो । भाईउठेर राजनको काखमा गएर वस्यो । भाइ पुनिमल ठूलो भइसकेछ । छोडेर आउदा सानै थियो तर पनि राजनको काखमा वस्न छोडकोे रहेनछ पहिले देखीको बानी ।
रातभरि ससुरा र काका गफ गाफ गर्नुभयो । भाइ मसंग कोठामा आयो । मैले सोधे बुवा आमा के गर्दछन, कस्ता छन । म देखि रिसाएका छन् । अग्रन दिन कस्ले बल गरे बुवाले कि आमाले । दुईजना अझै झगडा गर्दै छन कि छोडे । यस्तै साना तिना कुरा सोधे । मलाई धित मरेको थिएन अझै सोध्ने मन थियो तर भाई निदाएकोले कुरा बाँकी राखेर सुते ।
आज भाई र काका जाने भए । मैले पूनिमल भनेर वोलाए । ऊ मेरो कोठमा आयो । बुवा आमालाई भन्दिनु दिदी सान्चै छ सुखी छ । राजनले सासु ससुरा नन्दले खुवमाया गर्दछन भन्नू । जग्गा ठूलो छ एक्लै काम गर्न जान दिदैन । हिक्क लाग्छ भनेर सासु पनि संगै जानुहुन्छ । पूजा पनि पटक पटक आईरहन्छ भन्नू । आज भोलि घरमा कुरा भईरहेको छ मलाई र नन्दलाइ शहर पढ्न पठाउने रे । त्यही भएर पनि म झन खुसी भएकी छु । यीनै कुरा बुवाआमालाई भन्नु ।
दश दना स्याउ, ओखार, पुरी, सेल हालेर भाईलाई सानो भारी वनाए । काकालाई पनि त्यस्तै गरेर सानो भारी वनाए । हिँड्ने तयारी भए सासुले दैचामल पूर्वतिर फर्केर पट्नु भयो । केके भन्नु भयो । काका र भाइलाई लगाइ दिनु भयो । लौ सम्दी,ज्वाई राम्रो सँग जानु । पूिर्णमालाई छोरी सम्मान गरेर राखेकीछु चिन्ता नमान्नु होला ?काकाले भन्नु भयो अब हजुरकी भइसकी पाले पुण्य मारे पाप भन्छन हामीले भन्नु के छर । हजुरहरु आफै समझदार हुनुहुन्छ । फेरि सासु बोल्नु भो –केही चिन्ता नगरि बक्सेला छोरी सरहनै पाल्छु ।
भाइ काकाले सबैजनासँग बिदा माग्नु भायो र हिँड्नु भयो । भाइको हात समातेर म पनि पछि लागेर विसौनि सम्म आए । फेरि काकाको धाँटीमा अँगालो हाले र रुन थालेँ । उहाँ पनि अँसु छोडेर रुन पो थाल्नु भयो । “छोरी नरो हामी वेलावेला आईहाल्छु नि किन रोएकी” । आफ्नो अनुहार अन्तै फर्काउनु भयो । मतिर हेर्न सक्नु भएन । म सुक्क सुक्क गर्दै भाईको अँगालोमा रुन थाले । म छुट्न नसक्ने भए
। भाइ त झन डाकै छोडेर रुन पो थाल्यो । विचरा सानो मान्छे । म भने पछि कति हुरुक्क हुन्थ्यो । त्यतिका दिनसम्म मसँगै सुत्यो । सँगै खायो । यताउति जानै मानेन । आज त झन के मान्थ्यो र । मेरी नन्दले मलाई तानीन भाइको अँगालोबाट छुटाईन । काका र भाइ हिडे । टोपी झिकेर अँसु पुछ्दै थिए दुवैजना । उनिहरु देख्न छोड्दासम्म त्यही उभिएर पछेउराको फाल समाती फट्काउदौ बसिरह्यौ ।
घरमा आएँ माईतबाट दिएको कोसेली अझै बाँकीनै थियो पोकाहरु फुकाएँ , अमृत समान सम्झेर खाएँ । सारी चोला एकछिन छातीमा च्यापेर साजाएर राखँे ।