हुम्लामा भोकमारी
हुम्लामा भोकमारी

हुम्लामा भोकमारी

कथा
 चामल मोह

 म अडकल काटीकाटी उमेर  पत्ता लगाउने प्रयासमा थिए । मेरो नयनले सबै एकै किसिमको लवाई खुवाई, हिडाई डुलाई ,त्यही पीडा, त्यही गरिबी र बिरक्ता । मैले सोचे हुन त निर्धो गरिब राष्ट्रमा सुन्दर पहाडको कुरुप वस्तिमा सधै खडेरी पर्ने ठाउँमा शिक्षाको ध्वाजा नफैलीएको मेरो वस्ती अनि सस्तो विसंगत पीडा पूर्ण र कहालीलाग्दो कष्टकर जीवन कसरी बिताएका छन , मेरा पूर्खाहरुले ,अनि मेरो साथी भाई अनि अरु अरुहरुले

बखत बहादुर शाही 



                                          


फेरी कोठाको ढोका ढ्याक ढ्याक भयो । चिया लिएर आएको ढ्याक ढयाक पनि होईन , भोक लाग्यो कि भनि सोधेको आवाज पनि होईन , कोहि भेटन पनि आएका थिइनन ।
आवज फर्काइन , कोहो भनेर ।
तिरमिराउदै भित्तामा झुन्डाएको घडी हेरे, सुईले छ बजेको संकेत गरेको रहेछ । बाहिर अरुदिनको भन्दा आज चराहरु बेसरी कराई रहेका थिए, झर्को लाग्ने गरि ।
 बाहिर निस्के, घाम पहाडको टुप्पो माथि पाईला सार्दै थियो । मैले जिउ ताने याताउती हेरे । पेट नराम्रो गरि पोलीराखेको थियो । रिङ्गटा चल्न र शरिर काप्नसँगै सुरुहुन थाल्योको थियो । हुन पनि दुई तीन दिन जति हुन थालेको थियो मैले राम्रोसँग खाना नखाएको । भातको लतमा थिए केहि बर्ष दिन यता ।
मैले बिर्सेको थिए , घर छोडेर स्कुल पढ्न जाँदा कतिदिन गाह्रो भएको थियो रोटी बनाउन नआएर , हातमा रोटी तारदा तारदै छेउ छडिने, बिचमा प्वाल पर्ने , ढिक्कै ढिक्का तयामा थामथुम गर्दै हालेको रोटी कति खुसी हुदै खान्थे । कचिल्ला दाउराको धुवाँले साउने काग हराए झै ,म हराउन्थे । बादल पहाडमा ठोकिएर पानि झरे झै, पिपिरे आँखा मिच्दै आँशु झा¥थे । म सम्झन्थे । मुमाले लखेटि लखेटि खुवाएको खाना सम्झदा रुनमन लाग्थ्यो ।
आजभोली घरमा पनि भात नभई हुदैन । पहिला चामल छ , छैन खोजीनिती हुन्छ । रोटी भन्दै नाक खुम्च्याउछन, खादैनन । गृहणी सधै मर्कामा कसलाई दिनु कस्लाई नदिनु एउटै परिवारमा । त्यहि भएर म सिमकोट तिर जान्छु ,चामलको खोजी गर्न । ब्यथा त्यही हो । आफ्नै पेटोमा आफै चक्कु चलाझै ।
 मेरो दिन चर्या सुरुभयो ।
मुमाले खाना खाएर  ,चामल लिन जा भन्दा म प्रफुलित हुदै, खाना खाएको नखाएको गरि तयारी भए । अब भने सिमकोट जान अलि ढिलो भई सकेछ । गर्मी अलि बढिसकेको थियो । साथीहरु भने कोई छैनन । गई सके होलान । म एक्लै भए । अब बाँकी आषा बाटोमा कोही मान्छे भेट हुन्छकी भन्ने मात्र हो । यही मन लिएर सरासर हिडे ।
बाटोभरि जुताका छापले माटोमा पारेको बुट्टा देख्दा ,यो ठूलै कालीगढले कोरेको चित्र हो, रंग लगाउन मात्र बाँकी छ जस्तो,सायद यसमा मनलाएर रंगभरेको भए ,उसका लागी मोनालीसा भन्दा बेजोडको  बहुमुल्यमान कला हुन्थ्यो होला ।  साँच्ची कालीगढ को को छन मन मनै गन्ति गरे । कोई मेरो यादमा आएन । आफै मनमनै भने ,बाटो लामो भएर यतिका कुरा खेले त होलानी ।
निकै पर पुगेपछि मेरो एउटा साथी भेटियो आशाकार । ऊ, म आउदैछ भन्ने थाहापाएर पर्खि बसेको रहेछ । मलाई देख्न बित्तिकै अनुहार भरि खुशी फिजाउदै, भन्यो ,दिनु बल्ल ।
 अलि ढिलो भएछ है भन्दै थकान मार्न खोजे ,तर ऊ हिड्न तयार भो । ल अब हिड हिड के थकाई मार्नु । घेरै भयो यहाँ बसेको सबै साथीहरु गइसके । मैले लामो सास फेरे । पसिना पुछे । हुन्छ भने ।
 आशाकार बच्चा देखिको साथी हो । उसँग कति दिन ढुङ्गा खेल्दा झगडा गरे, कति दिन चराकोे गुण भल्काउदै । मा¥दै । कति दम्पती छुट्याका थियौ । रातीराती घरपरिवारलाई छल्दै देउडा खेल्न जादा बोटोमा स्याल करायो भने डरले थरथर काम्दै हात समाती हिड्थ्यौ । राती हिडने बानी नपरेर होला  ढुङ्गमा ठोकिदै चोटको प्रभाब नमानी देउडा खेल्ने रहर मेटाउथ्यौ । पछि म काठमाडौ आएपछि कहिले काँही फोनमा कुरा हुन्थ्यो , त्यही मात्र हो । ठूलो भए पछि मैले आशाकारलाई देखेको थिईन ।
उसैले कुरा सुरु ग¥यो,काठमाडौ बसेको मान्छे भात खाएको बानीले रोटी के मिठो लाग्यो होला र । यता बस्ने मान्छे  त सबै भाते भईसके । पहिला पहिला भोक र सानका लागी खाए । त्यस पछि सजिलोको लागि खाए । अहिले बानि परे छ । अरु अन्नलाई खाना नै होईन भन्ठान्छन ।
आज भोली गरिब र धनी छुट्यानौ गाह्रो छ ,सबैलाई भाते रोगले गाँजेको छ । आज त झन पाँच केजी भन्दा बढि नदिने रे , चामल आको छैन । ओसार्ने हवाईजहाजहरु सबै पूर्व तिर गए रे । खाद्य गोदाममा बचत गर्ने एक दान छैन रे । अगि जानेहरुले त्यही कुरा गर्थे ।
यहि गन्थन मन्थन गर्दै सिमिकोट पुगियो । मैले त जिल्लामा आएपछि यतिका मान्छे देखेकै थिएन । इन्द्रेणीले पानि बोकोझै पिठ्युमा झोला , आयुलाई नाप्दै यति बिध्न चाउरी परेको छ ,अब बढी चउरी  पर्ने सम्भावना कमै छ , मानौ काल छुच्चो छ त्यो भन्दा बढी कोतरदैन । म अडकल काटीकाटी उमेर  पत्ता लगाउने प्रयासमा थिए । मेरो नयनले सबै एकै किसिमको लवाई खुवाई, हिडाई डुलाई ,त्यही पीडा, त्यही गरिबी र बिरक्ता । मैले सोचे हुन त निर्धो गरिब राष्ट्रमा सुन्दर पहाडको कुरुप वस्तिमा सधै खडेरी पर्ने ठाउँमा शिक्षाको ध्वाजा नफैलीएको मेरो वस्ती अनि सस्तो विसंगत पीडा पूर्ण र कहालीलाग्दो कष्टकर जीवन कसरी बिताएका छन , मेरा पूर्खाहरुले ,अनि मेरो साथी भाई अनि अरु अरुहरुले ।  म पारदर्शी दृष्टिले सबैलाई एक पटक हेरी दिए अनि आफ्नै संसारमा डुबुल्किए ।
ए साँच्ची चिट बनाउन जाउ । तिमी गएपछि  चिट बढि दिन्छकी । कता ? सि डि यो कोमा । एक चोटि ठट्टागरेको होकी भन्ठाने । मनमा चिसो पस्यो ।
म अब के भन्नु । बल्लबल्ल घरमा आएको । म भने फेरी कसैको भरमा आफ्ना पाईलाहरु अघि सार्नु हुन्न भनि दह्रो सोचकासाथ आफ्नो जिन्दगीमा अर्ध बिराम वा पूर्ण बिरामको चिन्न कहिलै चाहिन अथवा मन पराईन । जस्लाई आजभोली  अग्रगामी सोच वा परिर्वतनकारी दृष्टिकोण भनेर परिभाषित गर्दा रहेछन , तर थाहा नपाई ममा सानै देखी विद्रोहको सानो ज्वालामुखी फुटेको रहेछ । जुन  ज्वालामूखी समय समय  फुट्दो रहेछ र त्यो बाँडिरहेको रहेछु ।
मैले कुरा बङगाए । मैले कसैलाई चिनेको छैन कसरी मागु त । आशाकारले प्रत्येक पार्टीको प्रमूखको नाम एक–एक गरि भन्यो । बेदको श्लोक कण्ठ गरेझै सरर । त्यो भित्र ठूलो नैरश्यता र आशा दुबै संगै मिसिएको देखिन्थ्यो । पार्टी प्रमुखलाई चामल ऐन बानाउदै थिए । मैले उसको कुरालाई बिचैमा काटेर सोधे आज पार्टी कार्यालयमा भिडभाड त्यही हो । के चामल चिट बाडछन । हो यार ।
मलाई लागेको थियो पार्टी कार्यालयमा फुल फुलाउने ,बेर्नामा मलजल गर्ने , निर्धोलाई बलीयो बाउने , प्रजातन्त्रका बारेमा , न्यायका बारेमा ,स्वातन्त्रका बारेमा , बहस गरेर , प्रशिक्षण दिने , अध्यारोबाट उज्यालो तिर, र्पौढबाट शिक्षा तिर , हेपिएका बर्गको न्यायको ढोका खोलेर २२औं शताब्दीको समय सँग कसरी हिडने ,अनि भर र भरोसामा जीवन बिताउने प्रेरण पो दिनु होईन र ।
जता कोच्चो उतै खोज भनेझै , भातरोगलागेको मेरो समाजलाई अरुकुरा सुन्ने फुर्सद पनि कहाँ रहेछ र । भोक–रोग, प्यास–तिर्खा, माया–दया सबै त्यही चामलमा रहेछ । जो जो ले चामलको बारेमा  बोल्दिन्छ ऊ करुण मंगलमय हुने रहेछ । भातको स्वादमा रुमलिएको सामाज आफुसँगको हिराको महत्व नहुने रहेछ जस्तो लाग्यो , मलाई पनि त्यस्तै, अरुलाई पनि त्यस्तै ।
अब गोदाम खुल्यो । लाइन कोचाकोच भयो । एउटाले भन्यो , घुस्न पाईदैन, जस्ले घुसाउन्छ उसलाई बाहिर निकाल्नु पर्छ , सबैले सहि थापे , मैले पनि हो हो भने , एक दुई जवान प्रहरी पनि लाईन मिलाउदै आईपुगे । राम्रोसँग बस्नु है । सबैले ५÷५ केजी पाउनु हुन्छ । कतिले आसा मारे पाँच केजीले के हुन्छ । बाटोमै सिन्द्धिछ । कतिले भन्ने पाँच केजी भएपनि लिनुपर्छ घरमा एउटा गेडा छैन ।
केही  कर्मचारी जस्ता, केही नेता जस्ता देखीने सुकील्ला ड्रेसलगाएका आए , हाकिमलाई के भने, के देखाए झै गरेर गोदाम भित्र पसे । अनि भटाभट बोराका बोरा चामल निकालेर हिडे ।
 आशाकार गोदामको गेटमा पुग्न लाग्यो । दिनु आऊ पालो आयो । म लाईनमा बस्न खोजे । एउटाले भन्यो घुस्यो लाईनमा । आर्कोे उर्फियो कोहो निकाल । अर्को सन्किदै आयो , तिमी हो बाहिर निस्क भन्दै मलाई समात्न खोज्यो , म आत्तिए । लाईनमै थिए भन्ने आँट गरिन तर आशाकारले भन्यो , म अगीदेखी लाईनमा थिए । दिनु त्यता बसेको थियो देखेनौ । अर्कोले फेरी सर्मथन ग¥यो । हो हो , लाईनमा नै थियो । अब म लाईमा बसे । एक छिन म सान्त भयो । भित्र बाट चामल सिद्धियो भनेर कामदार कुल्लीयो । ढोका बन्द भयो  । एक छिन निरासाको भिड भाड भयो । अघि चामलको बोराबोरा दिने,  जनतालाई दिदा छैन भन्ने, भनेर काने खुसी हुदै ,हल्लामा आयो ।  एक टुकडी प्रहरी गस्तीसँगै सि डि ओ, डि एस पी , एल डि ओ , राजनीतिक कायकर्ता , पत्रकार आए , सबैले गोदाम हेरे । सबैले एकै स्वारमा भने चामल सिद्धियो । फेरी हल्ला साम्य भयो ।
सबै कार्यालयमा फर्के । मानिसहरु सबै एक एक गर्दै घरतिर लागे । म दोधारो भए । हवाईजाहजलाई आत्मकथा बनाए । मोटर बाटोलाई कल्पनाको सागरमा देखे ।
 म प्रत्येकलाई पत्रकार भएझै गरेर सोधु । तपाई अब के गर्नु हुन्छ । रन्थनीएको आवाजमा मेसो पाउदैन, पाए नराम्रो जफाव पाउ छु की भनि मलाई आँट आएन । त्यसै थाके जस्तो भए । यताउती हेरे आशाकारलाई देखे ।  ऊ भोकाएको जस्तो लाग्यो ।
मैले आशाकारलाई भने भोक लागेको छैन । बिहान खान खाएको छैन भनेको होईन । एउटा होटलमा जाउन त । उसले नाई भनेन । म होटेल भित्र पसे । साहुनीलाई सोधे खाजा केही छ  ।
ठाडो जवाफ आयो । आउनु न आउनु । भित्र टेबुल मिलाउन लागी कुर्चिमा बसे । चिया माग्यौ । मैले  एकछिन रोके , भोटे चिया खान पाईन्छ कि  ।
 उनले भनिन्  अहिले  त बनाएको छैन । बनाउ त, प्रश्न गरिन । भयो भयो अब पर्दैन भने । भोटे चिया जाडोमा एक दमै मिठो हुन्छ  त्यही भएर भनेको । खाने कुरा हेरे । चुलोमा केही पाकेको थिएन । चामल लिन आएका सबै मान्छेहरु एक दुई गर्दै होटलमा जम्मा हुन थालेका थिए । कसैले चिया मागे कसैले रोटी मागे, कसैले रक्सी । मलाई तलतल लाग्यो रक्सीको । मैले पनि खाने बिचार गरे । आशाकारलाई सोधे रक्सी खानेहो । उसले अचम्म मानेर सोध्यो, खान्छौ ,खाने भए पहिला नै खानु हुन्थ्यो । साहुनीलाई बोलायो ।
साहुनीले सोधी कुन खाने , हामीले बनाएको की चाईनिजको थोपे । हुन त पेटमा भोकले आगो बलेकोले खुट्टा टेक्ने नसक्ने भएको थिए , खानको कुरा गर्दा मुखमा ¥याल चुहुन्थ्यो । तर पनि रक्सी खाने भए ,र भने ,तपाईले बनाएको खाने । अरुले बनाएको खान्न के म । खित्त हाँसे । जिस्काए भन्न ठाने क्यार । साउनीले दुई गिलास राखी ।
आशाकारले घुटुक्क पियो मुख बिगा¥यो । औषधी बढी भएछ । मैले पिए , स्वाद अर्कैलाग्यो , के कोहो साहुनी, प्रश्न गरे । चामलको । कुन चामलको । सेतो चामलको ठाडो जबाफ पाए । कहाँबाट ल्याउनु भो । प्रश्न माथी प्रश्न गरे । खाद्याबाट निकालेको खाद्यय हाकिम र दुई तिन जवान प्रहरीलाई भनेर ।  निकाली दिए । यो रक्सी बनाउन । मलाई लाग्यो कोही मान्छे चामल नपाई ठूलै लडाई हारेको जस्तो महसुस गरेर घर जानु पर्ने, कोही मान्छे चामललाई रक्सी बनाई मान्छेलाई पासोमा पार्ने । मैले आर्को सुर्को लगाईन । आशाकारलाई उठ् भने, ऊ रिसायो, सिद्धिएको छैन यार । भो पर्दैन खान । जाउ अर्को होटेलमा  । म तिर हे¥यो । उ सरासर उठ्यो । साहुनीले सोधी । राम्रो भएन । रामै छ । हामी दुई सरासर अर्को होटलमा गयौ,त्यहाँ पनि त्यही अबस्था,बजारमा चामलको रक्सीले जरा हालेको रहेछ  अनि , चाईनेज रक्सी पनि प्रतिस्पर्धा गदै रहेछ पछि पछि । म उदाङ्गीए ,पात्रकार तिर ध्यान दौडाए, यहाँका नेता , अफिसरलाई हेरे , सबै पासामा परेर हार खाएका जस्ता देखे , भारी मन लिएर म घरतिर लागे ।
बाटोभरि म केही बोलीन ,मनमनै सोचे, भोको पेटमा चारो नराखी खाएको देख्दा मेरो अर्धभूर्दित नयनले लुकी छिपी हेरे , नखाऊ भनि मेरो वाक्य र हातले झम्टेन । कोदो, आलु गहुँ , चिनु फापर र सिमीले मान्छे बच्चाउदैन भनेझै एकहोरो तलतलमा देखीने समाजमा, यो परम्परा अहिलै भरर्खर, दश बर्ष अधि, सयबर्ष अधि परम उत्कर्षमा पुगेर फर्केको सृजना गर्ने ब्यथामा रुमालिएकोमा म कसरी जानु ?
मैले यसै भनेछु मूर्ति देख्ने साथ मानिस त्यसलाई देवता ठान्छन । मनका पिरमर्का पोख्छन । चाहे मूर्ति  जुन ठाउँमा जुनमुल्यमा होस । कुरा आयो गयो , समाप्त भयो  दृष्टिबाट , जीवनबाट ऊ पन्छियो , मैले व्याथाहरु बिर्सिदिए । सम्झाउने, बुझाउने कुरा नै केही देखिन यसमा ।
आशाकार पछि पछि  फुतफुत बोल्दै थियो । सरासर घरमा पुगे । मुमा लाई चामल पाईन भने । मुमाले प्र्रश्न सोध्नु भएन । घरमा सबैलाई बानिपरेको रहेछ ।
म सुत्न कोठामा आए । मनमा नयाँ पुराना धेरै दृश्यहरु आए नानाथरी कुराहरु खेले । अनि आजको दिनहरु सम्झे । मन यसै भारी भयो । आँखाबाट आँशु र्झनथाले । मनको आर्को क्षितिज खुल्यो ।
 तैले आफ्नो आँशुलाई शक्ति र सामथ्र्यमा बदल । यो बिग्रदो समाजलाई बदल , परिर्वन गर । आज जीवनको यस उत्तरार्धमा लाग्यो मैले बिद्यार्थी जीवनका दिनका निर्णयहरु बिद्रोह र क्रान्तिहरु सत्य  थिए । मलाई मेरो समाज र राष्ट्रलाई परिर्वन गर्न अत्यन्त आवश्यक छ । यो राष्ट्रलाई विकासको बाटोमा डो¥याउने प्रजातन्त्रमा बाँच्नपाउने अधिकार भएको पार्टीको संगठनमा बसेर , लडेर यो जिन्दगीलाई बिताउनु पनि महाधर्म हो भन्ठाने । अझ बाँकी मेरो जीवन यसैमा समर्पित गर्न पाएको भए , मेरो गर्व र प्रतिष्ठाको अनुभव हुन्थ्योकी । यो चामलको राजनीतिक जिल्ला हेरबिचार गर्ने कर्मचारिहरु चामल चिटको  झन्झटबाट टाढा हुन्थे कि यो सम्झँदै म सुते छु ।
बिहान उठेर पत्रिका पढे, टिभी हेरे, एफएम सुने, सबैमा एकै चोटी न्यूज आयो । हुम्लामा भोकमारी भयो ।
 

bakhatsh@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *